आठ अर्बको विकास ऋणपत्र बिक्री गरिँदै

 जेठ १३, २०७६ सोमबार ८:११:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  नेपाल राष्ट्र बैंकले बैंकले आठ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आइतबार एक सूचनामार्फत यही जेठ १४ गते मंगलबार ‘विकास ऋणपत्र २०८२ ग’ बिक्री गर्न लागेको जानकारी गराएको हो । 

बोलकबोलको माध्यमबाट बिक्री गर्न लागिएको यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । 

ऋणपत्र धितोमा राखी ऋण लिन वा दिनसमेत पाइने केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा कर लाग्ने देखिएको छ । 

बैंकका अनुसार घटीमा पचास हजार रुपैयाँ र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई पचास हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरीद गर्न सकिनेछ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया