विदेशको काम बारेको जानकारी अब एजेण्टबाट हैन, अनलाइनबाटै

 जेठ १३, २०७६ सोमबार १०:४६:५७ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईँ विदेश जाने सोचमा हुनुहुन्छ र विदेशमा पाइने कामको बारेमा बुझ्न चाहनुहुन्छ ? अबदेखि घरमै बसेर विदेशमा पाइने कामको बारेमा जानकारी लिन सकिने भएको छ । 

अनलाइनमार्फत आफूले गर्न चाहेको कामको बारेमा कुन देशबाट ‘डिमाण्ड’ आएको छ र सेवासुविधा कस्तो छ भनेर बुझन सकिन्छ । वैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेको छ ।

विभागका महानिर्देशक भिष्मकुमार भुषालले वेवसाइटबाटै कुन देशका कुन कम्पनीमा कस्ता कामका लागि माग आएका छन् भन्ने जानकारी अब विभागको अनलाइन foreignjob.dofe.gov.np मा मा हेर्न सकिने जानकारी दिनुभयो ।

यो वेवसाइटको विकाससँगै अब कामदारले विदेशमा पाइने कामको बारेमा एजेण्ट वा म्यानपावरको झुटो आश्वासनमा फस्न नपर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘दलालहरुले आकास पातल जोडेर, बढाई चढाई गरेर, हुँदै नभएको काममा पठाउँछु भन्ने, मिल्दै नमिल्ने तलब पाइन्छ भन्ने र सोझासाझालाई ठग्ने काम भैरहेको छ’ उहाँले सबैलाई सचेत हुन आग्रह गर्दै भन्नुभएको छ, ‘अब जान चाहेको काम, पाइने सेवा सुविधा लगायतको जानकारी वेवसाइटबाटै लिन सकिन्छ, त्यसैले अब दलाल र म्यानपावरको झुटमा नफस्नुहोला ।’

आफ्नो इच्छाको काम, दाम र त्यो काम पाइने ठाउँसँगै नेपालबाट त्यो काममा पठाउने म्यानपावर कम्पनीको बारेमा समेत जानकारी लिन सकिने महानिर्देशक भुषालले जानकारी दिनुभयो । 

हिजोआज डिमाण्डमा उल्लेख भएको भन्दा पनि धेरै सेवा, सुविधा पाइने भन्दै एजेण्ट र म्यानपावरले ठग्ने क्रम बढिरहेको छ । तर अब फेसबुक वा वेवसाइटबाटै यो जानकारी लिन सकिने हुँदा एजेण्ट र म्यानपावरले भनेको कुरालाई विभागको वेवसाइटमार्फत पनि जाँच्न सकिन्छ ।

कामको खोजी यसरी गर्नुहोस्


 

अन्तिम अपडेट: चैत १, २०८०

5 Comments

  • Ganesh bahadur pradhan

    June 19, 2019, 1:23 p.m.

    Im driver help me im going to canda

  •  0 Reply
  • dibas Kumar gurung

    June 16, 2019, 1:04 p.m.

    Hi there, if there is any updated please let me know in this email address - [email protected]

  •  0 Reply
  • Manoj kumar gupta

    May 28, 2019, 7:35 a.m.

    वैदेशिक रोजगारको माग बारे

  •  0 Reply
  • Saroj tamang

    May 28, 2019, 6:09 a.m.

    कुवेतमा हेवी ड्राइभरमा जान चाहन्छु /

  •  0 Reply
  • Milan karki

    May 27, 2019, 5:37 p.m.

    Supervisor

  •  0 Reply

तपाईको प्रतिक्रिया