करेन्ट लागेर तिब्बतमा एक नेपालीको ज्यान गयो

 जेठ १३, २०७६ सोमबार १५:१२:३६ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – तिब्बतको देङदाङ बजारमा एक नेपालीको करेन्ट लागेर ज्यान गएको छ । मकालु गाउँपालिका-२ सेदुवा घर भएका ४५ वर्षीय अम्बर खम्बुको करेन्ट लागेर ज्यान गएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो । 

उहाँका अनुसार, आइतबार निकुञ्जको भवन निर्माण गर्ने क्रममा करेन्ट लागेर उनको ज्यान गएको हो । मृतकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । 

पोष्टमर्टमपछि खम्बुको शव आफन्तलाई जिम्मा लगाइने राईले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया