ट्रकले हाइटेन्सन लाइन छुँदा मकवानपुरमा दुई जनाको ज्यान गयो

 जेठ १३, २०७६ सोमबार १६:३५:२९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – इन्द्रसरोवर गाउँपालिका-३ कोगटेमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । 

बागमती हाइड्रोपावरका लागि विद्युतीय साम्रगी बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना ४ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सन लाइन छुँदा ट्रकमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

ज्यान गुमाउनेमा सिन्धुलीको तीनपाटन गाउँपालिका ९ का दिलबहादुर मगर र नुवाकोट जिल्ला बेलकोटगढी ७ का ३५ वर्षीय विशाल तामाङ रहेका छन् । 

त्यसैगरी करेन्ट लागेर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया