पीएम कपमा अमित श्रेष्ठले बनाए शतक, पुलिसले दियो प्रदेश एकलाई १८६ रनकाे लक्ष्य

 जेठ १५, २०७६ बुधबार १२:४४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबका अमित श्रेष्ठले शतक प्रहार गरेका छन् । मुलपानी मैदानमा भएको खेलमा अमितले प्रदेश १ विरुद्धको खेलमा शतक बनाएका हुन् ।

ओपनर पवन सर्राफको पहिलो विकेट गएपछि क्रिजमा आएका अमितले ११८ बलमा १०६ रनको योगदान दिए । उनले १५ चौका र एक छक्का प्रहार गर्दै सो योगफल तयार पारेका थिए ।

पुलिसको इनिङमा अन्य कनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर पवन १० रनमा आउट भए भने अर्का ओपनर अनिल कुमार शाह ४ रनमा, दिपेन्द्र सिंह ऐरी २, आरिफ शेख ४, दिलिप नाथ १, कुशल भुर्तेल २४, मञ्जित श्रेष्ठ ११, रामनरेश गरिी ११ र ललित नारायण राजवंशीले १ रनमात्र जोडे ।

पहिला ब्याटिङ गरेको पुलिसले प्रदेश १ लाई १८६ रनको लक्ष्य दिएको छ । ४३.१ ओभरमा सबै विकेट गुमाउँदै पुलिस १८५ रनमा सिमित भयो । बलिङतर्फ कमद खत्री, फिदोष अन्सारी, पुष्प थापा, दिपेश कँडेल र सिद्धान्त लोहनीले २–२ विकेट बाँढे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया