कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
लोकसभा चुनावमा ठूलो पराजयपछि कांग्रेस अध्यक्ष राहुल गान्धी राजीनामा दिनका लागि तयार छन् । कयाैँ राज्यमा नमिठो हारपछि कांग्रेस सरकारको भविष्य अनिश्चितजस्तै देखिएको छ ।
तर यति हुँदाहुँदै पनि वरिष्ठ कांग्रेस नेता तथा पूर्व केन्द्रीय मन्त्री शशि थरुरले भने कांग्रेस पार्टी अझै जिउँदो रहेको बताएका छन् । ‘केरल र पञ्जावमा पार्टीको प्रदर्शनले पनि यही देखाउँछ,’ उनले भने । भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै नेता थरुरले कांग्रेसलाई श्रद्धाञ्जली दिने बेला नआइसकेको धारणा राखे ।
— Shashi Tharoor (@ShashiTharoor) May 28, 2019
'राहुल गान्धी नै कांग्रेसको नेतृत्व गर्न सक्ने सर्वश्रेष्ठ व्यक्ति '
‘कांग्रेसको लागि यो समय हारको घाउलाई सम्हाल्ने मात्र नभई आगमी ५/६ महिनापछि महाराष्ट्र, हरियाणा र झारखण्डसहित विभिन्न राज्यमा हुन गइरहेको विधानसभा चुनावको तयारीको लागि जुट्ने समय हो ।’ राहुल नै कांग्रेसको नेतृत्व गर्नसक्ने सर्वश्रेष्ठ व्यक्ति भएको उनले बताएका छन् ।
थरुरले लोकसभा चुनावमा आफूलाई कंग्रेसले जिम्मेवारी दिए आफूले त्यसलाई स्वीकार्ने बताएका छन् । तर यसका लागि पार्टीको निर्णय नै निर्णायक हुने उनले धारणा व्यक्त गरेका छन् ।
नेता थरुरले कंग्रेस नै भारतीय जनता पार्टी (भाजपा) को विश्वसनीय विकल्प भएको बताएका छन् । उनले यो सन्देशलाई नागरिकसम्म पुर्याइने पनि विश्वास व्यक्त गरेका छन् । ‘नेहरु-गान्धी परिवारले स्वतन्त्रतापछि पार्टीको योगदानमा ठूलो भूमिका दिएका थिए । अब राहुल गान्धीको नेतृत्वले पनि पार्टीलाई योगदान दिन सक्छ,’ उनले भने ।