नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलो पहिरो, खुल्न समय लाग्ने

 असार २०, २०७५ बुधबार ७:५६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डमा अहिलेसम्मकै ठूलो पहिरो खसेको छ । आज बिहान ५ बजेर ४० मिनेटमा तोपे खोलामा अहिलेसम्मकै ठूलो पहिरो खसेको प्रहीले बताएको छ ।

यो पहिरो हटाउन आज दिनभरी नै लाग्ने प्रहरीले अनुमान गरेको छ । पहिरो खसेपछि अहिले यो सडकखण्डमा चल्ने गाडी रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् । पहिरो गएपछि काठमाडौंका लागि छुटेका गाडी जुगेडीमा र काठमाडौंबाट छुटेका गाडी मुग्लिनमा रोकिएको प्रहरीले जनाएको छ । 

वर्षा सुरु भएसँगै दिनहुँ पहिरो खस्दा यो सडकखण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । यसअघि गएको मंगलबार र बुधबार खसेको ठूलो पहिरो १२ घण्टाभन्दा लामो समयमात्र हटाइएको थियो । 

याे पनि पढ्नुहाेस् 

नारायणगढ–मुग्लिन सडकमा १२ घण्टा अलपत्र पर्दा...

राजमार्गमा पहिरो : न खाने ठेगान, न जाने ठेगान

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया