फोटो प्रदर्शनी गर्दै सगरमाथा आरोहण

 जेठ ५, २०७५ शनिबार १४:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ५ – फोटो पत्रकार पुर्णिमा श्रेष्ठले सगरमाथाको आरोहण गर्नुभएको छ ।

शनिबार बिहान ८ बजेर १० मिनेटमा उहाँले सगरमाथाको शिखर चुम्नुभएको हो । यससंगै श्रेष्ठ सगरमाथा आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार बन्नुभएको छ ।उहाँले सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनी समेत गरेको फोटो पत्रकार क्लबले जनाएको छ ।

नेपालको संस्कृति तथा पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यका साथ नेपाल पर्यटन बोर्डको ३ फोटो नेपाल अभियान अन्तर्गत फोटो पत्रकार क्लबको प्राबिधिक सहयोगमा उहाँले फोटो प्रदर्शनी गर्नुभएको हो ।

गोर्खाको आरुघाटमा जन्मिएकी २६ वर्षीय श्रेष्ठले यसअघि ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको पनि आरोहण गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया