नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि अर्को पहिरो, आज गाडी चल्ने संभावना छैन

 असार २०, २०७५ बुधबार ९:५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डमा आज गाडी चल्ने संभावना निकै कम छ । बिहान तोपे खोलामा अहिलेसम्मकै ठूलो पहिरो खसेपछि अवरुद्ध भएको सडकमा त्यहिं नजिकै कालिखोला र तोपे खोलाको बीचमा अर्को पहिरो खसेपछि आज दिनभरी नै गाडी चल्ने संभावना कम भएको हो । अहिले तोपे खोलाको पहिरो हटाउन काम सुरु भएको छ ।

तर अर्को पहिरो केहिबेरअघि मात्रै खसेकाले त्यहाँ पुग्न समय लाग्ने प्रहरीले जनाएको छ । यो पहिरो हटाउन आज दिनभरी नै लाग्ने प्रहरीको अनुमान छ । पहिरो खसेपछि अहिले यो सडकखण्डमा चल्ने गाडी रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् । पहिरो गएपछि काठमाडौंका लागि छुटेका गाडी जुगेडीमा र काठमाडौंबाट छुटेका गाडी मुग्लिनमा रोकिएको प्रहरीले जनाएको छ । 

वर्षा सुरु भएसँगै दिनहुँ पहिरो खस्दा यो सडकखण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । यसअघि गएको मंगलबार र बुधबार खसेको ठूलो पहिरो १२ घण्टाभन्दा लामो समयमात्र हटाइएको थियो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया