बजेट लोक कल्याणकारी राज्यको अवधारणा अनुसार: नेता भट्टराई

 जेठ १६, २०७६ बिहिबार २०:१८:४४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६-७७ को वार्षिक बजेट छरपष्ट नभइ लोकल्याणकारी राज्यको अवधारण अनुसार रहेको बताउनुभएको छ ।

नेपालगञ्जबाट प्रकाशित हुँदै आएको लोकप्रिय सन्देश दैनिकको छैठाैँ वार्षिक उत्सवलाई बिहीबार सम्बोधन गर्दै भट्टराईले भन्नुभयो, ‘गएकाे वर्ष धेरै विषय चाहँदा चाहँदै पनि समेट्न सकिएको थिएन, यस वर्ष बजेटले आशा देखाएको छ ।’

नेता भट्टराईले वैदेशिक सहायता नलिइ कुनै पनि मुलुकले प्रगति गर्न नसक्ने भन्दै नेपाल जस्तो आन्तरिक परिचालन कमजोर भएको देशमा वैदेशिक सहायता वा ऋणमा सावधान हुन भने जरुरी भएको बताउनुभयो । उहाँले बजेटले निर्माणलाई प्राथमिकता दिएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिइएको बताउनुभयो ।

समाजवादका लागि सुशासन महत्वपूर्ण भएको भन्दै नेता भट्टराईले श्रमशक्तिलाई विदेश पलायन रोक्न खोजिएको बताउनुभयो । 

नेता भट्टराईले प्रेस जगत स्व-नियममा बस्नु पर्ने भन्दै गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । प्रेस स्वतन्त्रतालाई  नियन्त्रण गर्ने विषय मिडिया काउन्सिल विधेयकमा भएमा सदनले सच्चाउने उहाँले बताउनुभयो । स्वस्थ, मर्यादित पत्रकारिता आवश्यक भएको भन्दै उहाँले नियन्त्रण गर्न नहुने बताउनुभयो ।

‘स्व-नियममा बस्नुहोस, आाचार संहिता आफैँ बनाउनुस्,’ उहाँले भन्नुभयो, ‘मिडिया भएन भने राजनीतिक दल र सरकार पनि छाडा हुन्छ ।’ 

पत्रिकाका प्रधान सम्पादक गोविन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय शासन विज्ञ मिनबहादुर मल्लले बजेट र समाजवादको यात्रा विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया