सानेका लागि बायर्न म्युनिखले गरेको ७० मिलियन पाउण्डको अफर सिटीद्वारा अस्वीकार

 जेठ १७, २०७६ शुक्रबार ७:१४:० | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर सिटीले लिरोय सानेका लागि बायर्न म्युनिखले गरेको ७० दशलमब ७ मिलियन पाउण्डको अफरलाई अस्वीकार गरेको छ । 

जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न आफ्ना दुई खेलाडी आर्यन रोवेन र फ्रांक रिवेरीले क्लब छोडेपछि नयाँ अनुबन्धका लागि सानेलाई अफर गरेको थियो । तर सिटीले उसका अफरलाई सोझै अस्वीकार गरेको छ । सिटीले जर्मन विंगर सानेलाई सस्तो रकममा नबेच्ने बताएको छ । 

सिटीको सुरुवाती ११ नियमित स्थान बनाउन नसकेपनि सिटीका प्रशिक्षक पेप ग्वार्डीयोलाले युवा क्षमतावान् खेलाडीलाई क्लबबाट बाहिर नपठाउने निर्णय गरेका हुन् । 

एफ ए कपको उपाधि जितेपछि पेपले सानेसँगको सम्झौता लम्ब्याउने बताएका थिए । सानेलाई सिटीले साल्केबाट २०१६ मा ३७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । अब उनलाई कसैले एक सय मिलियन पाउण्डको अफर गरेमा विचार गर्नसक्ने बताइको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया