आफैँले चलाएको ट्रयाक्टर पल्टिएर चालकको ज्यान गयो

 जेठ १८, २०७६ शनिबार १८:२६:११ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - आफैँले चलाएको ट्रयाक्टर दुर्घटना भएर धनुषामा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा सबैला नगरपालिका-१०, मिसरपट्टीका २० वर्षीय राकेश यादव रहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो साढे १२ बजे सबैला नगरपालिका-५, मखनाहामा ज १ त १००२ नम्बरको ट्रयाक्टर तीव्र गतिका कारण सडक छेउमा पल्टेर दुर्घटना भएपछि चालकको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।शवलाई पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया