पूर्व–पश्चिम राजमार्गको महुली पुल भासियो, दिनभरी राजमार्ग अवरुद्ध

 असार २०, २०७५ बुधबार १७:३०:१९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका –५, स्थित महुली पुल भाँसिदा दिनभरी राजमार्ग अवरुद्ध हुन पुगेको छ ।

दुई–तीन दिनदेखिको अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण झण्डै २५ मिटरजति पुल भासिएको वडा ध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिनुभयो । बिहान करिब ४ बजे पुल भासिन थालेको जानकारी पाएको उहाँले बताउनुभयाे।

‘बिहान आउँदा करिब २ इन्च भासिएको थियो, अहिले  १० इन्च भासिएको छ,’ उहाँले भन्नुभयो, ‘बिस्तारै–बिस्तारै भासिने क्रम जारी रहेकोले तत्कालै सपाेर्टङ बाँधको आवश्यकता छ ।’ यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेशकुमार सिंहले पुलको एकसाइड मात्रै भासिएकाले वान–वे यातायात सञ्चालन गरिएको बताउनुभयो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी  सुरेन्द्र पौडेल लगायतको टोली घटनास्थल पुगेको छ । ‘पुलको आधा भाग जमिनमा छ । जन्डौपट्टिबाट जमिनको भाग चाहिँ भासिएको हो, आत्तिनुपर्ने अवस्था छैन’, एसपी सिंहले भन्नभयो । सडकको बीचमा पूर्वपश्चिम चिरा परेर एक साइड भासिएकाले त्यसको सपोर्टका लागि बाँध बनाउन पहल भइरहेको सिंहले जानकारी दिनुभयो । 

सडक विभागका इन्जिनियरलाई बाोलाइसकिएको र आवश्यक तयारी समेत थालिएको उनको भनाइ छ । यता पुल भासिँदा बुधबार दिनभरी पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन तथा हजारौँ यात्रुहरु अलपत्र परेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया