यार्सा टिप्न डाेल्पा गएका रुकुमका एक युवककाे ज्यान गयो

 जेठ २१, २०७६ मंगलबार १६:५३:४३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमबाट यार्सा संकलनका लागि डोल्पा गएका एक युवकको ज्यान गएको छ । आठबिसकोट नगरपालिका-९, गीजाका ३५ वर्षीय कृष्णबहादुर शाहीको लेक लागेर ज्यान गएको हो ।

शाहीको उपल्लो डोल्पाको ताक्सी पाटनमा सोमबार बिहान लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पालाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताउनुभयो ।

शाही केही दिन अगाडि यार्सा टिप्न यार्सा पाटनमा जानुभएको थियो । भौगोलिक विकटताका कारण शाहिको शव घर ल्याउन नसकिने भएकाले डोल्पामै अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

यसैबीच यार्सा पाटनमा अत्याधिक मात्रामा हिँउ भएकाले सर्वसाधारणहरु लेक लागेर धमाधम बिरामी भैरहेका छन । यार्सा पाटनमा अहिले सम्म ६ जनाको ज्यान गैसेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया