प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
उपाधिको प्रमुख दावेदारको रुपमा इंग्ल्याण्ड पुगेको विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीले आईसीसी एकदिवशीय विश्वकपको आफ्नो पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध बुधबार खेल्दैछ ।
भारतको यो पहिलो खेल भए पनि दक्षिण अफ्रिकाले यसअघि २ खेल खेलिसकेको छ । पहिलो खेलमा घरेलु टोली इंग्ल्याण्डसँग १०४ रनले पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग २१ रनले हारेको थियो ।
इतिहासको नतिजालाई हेरेर दक्षिण अफ्रिकालाई चाकेर्सको उपमा दिने गरिएको छ । एक से एक स्टार खेलाडीले भरिएको उपाधि दावेदार भएर पनि उसले अहिलेसम्म विश्वकप ट्रफी चुम्न सकेको छैन ।
प्रतियोगिता सुरु भइसकेपछि दक्षिण अफ्रिकाका मुख्य बलर डेल स्टेन चोटका कारण बाहिरिएका छन् । लुंगी एनगिदी पनि १० दिनका लागि बाहिर रहेका छन् ।
साउथह्याम्प्टनमा हुने खेलका लागि भारतीय टोलीलाई यो खुसीको खवर हो । किनभने न्यूजिलयाण्डबिरुद्धको अभ्यास खेलमा भारतीय ब्याट्सम्यान फाष्ट बलरसामू निरिह बनेका थिए ।
भारतका लागि सुरुआती तीन ब्याट्सम्यानकै प्रदर्शन पूरा टिमको प्रदर्शनको आकार कोर्नेछ । शिखर धवन र रोहित शर्माले भारतको ओपनिङ गर्नेछन् । तेस्रो नम्बरमा कप्तान विराट कोहली हुनेछन् ।
बलिङमा जसप्रित बुम्राह र भूवनेश्वर कुमारले फाष्ट बलिङ जिम्मेवारी लिन सक्नेछन् । तेस्रो फाष्ट बलरका रुपमा अलराउण्डर हार्दिक पण्ड्या पनि बिकल्प हुनेछन् । स्पिनमा कुलदीप यादव, युजवेन्द्र चहल र रविन्द्र जडेजा हुनेछन् ।
दक्षिण अफ्रिकाका मुख्य समस्या ब्याटिङमा हो । कप्तान फाफ डु प्लेसिसले लगातार दोस्रो हारपछि यही भनेका थिए । क्वीन्टन डी कक र प्लेसिसले मात्रै अहिलेसम्म राम्रो प्रदर्शन गरिरहेका छन् ।