इदको अवसरमा नेपालगञ्जमा सामूहिक नमाज (फोटो फिचर)

 जेठ २२, २०७६ बुधबार १२:१४:६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – इस्लाम धर्मावालम्वीहरुको पवित्र महिना रमजानको अन्तिम दिन नेपालगञ्जमा बुधबार सामूहिकरुपमा नमाज पढेका छन् । 

नेपालगञ्जको बीपी चोकमा हजारौँ मुस्लिम समुदायले देशमा अमन चयन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेका हुन् । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा इद उल फित्रको रौनक छ ।

शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई सर्वसाधारणसँगै इदगाहमा नमाज पढ्नुभयो । इदको शुभकामना आदानप्रदानका लागि गैर मुस्लिम धर्मावलम्बीहरु इदगाह पुगेका थिए ।

हिजरी संवतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तिको भोलिपल्टदेखि रमजानुल मुबारकको महिना सुुरु हुन्छ । अन्तिम दिन इदको रुपमा मनाइन्छ ।रमजानको महिनामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएपछिदेखि सूर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइकन ब्रत बस्ने गर्छन् ।

 

इदको अवसरमा इस्लाम समुदायको घरमा मिठामिठा परिकारहरु बनाएर खाने र खुवाउने प्रचलन रहेको छ । यतिबेला नेपालगञ्जमा गला मिलाएर इदको शुभकामना आदानप्रदानको कार्यक्रम भैरहेको छ ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया