प्रधानमन्त्री कप क्रिकेट : एपीएफ ४१ रनमा अलआउट

 जेठ २३, २०७६ बिहिबार ११:४८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

पीएम कपको दोस्रो सेमिफाइनलमा प्रतियोगिताकै सबैभन्दा कम लक्ष्य नेपाल प्रहरीले पाएको छ ।

प्रतियोगितामा अहिलेसम्म टस जितेर पहिले ब्याटिङ रोज्दै आएको प्रहरीले बिहीबार एपीएफविरुद्ध पहिले बलिङ गरेको थियो । एपीएफले २२.१ ओभरमै सबै विकेट गुमाउँदै ४१ रन बनाएको थियो ।

एपीएफका कुनै ब्याट्सम्यानले दोहोरो अंक को रन बनाउन सकेनन् । एपीएफले पहिलो विकेटको रुपमा आशिफ शेखलाई चौथो ओभरमा ९ रनको स्कोर हुँदा गुमाएको थियो । उनले एक रन जोडेका थिए ।

त्यसपछि प्रदीप एैरी २ रन, सुमित मर्हजन २ रन , कप्तान शरद ७ रन, वसन्त रेग्मी ० रन, सन्दीप जोरा ५ रन, पृथु बास्कोटा ७ रन ,कमलसिंह एैरी १ रन दिपेन्द्र रावत २ रन र अभिनाष बोहरा ३ रन बनाए ।

एपीएफलाई सस्तैमा समेट्न प्रहरीका लागि ललित नरायण राजवंशीले ४ तथा कुशल भुर्तेल र सागर ढकाल ले ३–३ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया