कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
रुपन्देही – रुपन्देहीमा प्रहरी निरीक्षक घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया ) मा कार्यरत प्रहरी निरीक्षक केशबबहादुर बस्नेतलाई १५ हजार घुससहित बिहीबार बेलुका पक्राउ गरेको हो ।
नदीजन्य पदार्थ बालुवा, गिटी उत्खनन् र ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक बस्नेत पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले बताएको छ ।