१३ किलो चाँदीसहित जनकपुरबाट १ जना पक्राउ

 जेठ २४, २०७६ शुक्रबार १७:५८:५३ | शैलेन्द्र महतो
unn.prixa.net

माेरङ - प्रहरीले  जनकपुरबाट झण्डै १३ किलो अवैध चाँदीसहित १ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल धनुषाले जनकपुरधाम उपमहानगरपालिका-२५, विन्धीबाट महोत्तरी जलेश्वर नगरपालिका  ४ बस्ने ३४ वर्षका बालबो प्रसाद साहलाई १२ किलो ७ सय ग्राम अवैध चाँदीसहित पक्राउ गरेको हो ।

मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको अवस्थामा साहलाई चाँदीसहित पक्राउ गरेको धनुषाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशीलप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

दुईवटा प्लास्टिकको पोकामा रहेको चाँदी दानाको मूल्य  ७ लाख ८९ हजार ३ सय ५ रुपैयाँ बराबरको रहेको उहाँले बताउनुभयो । चाँदी र मोटरसाइकलसहित उनलाई कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको  छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया