युरोकप छनोट : जर्मनी र इटलीको जित, फ्रान्स पराजित

 जेठ २६, २०७६ आइतबार ६:४६:९ | एजेन्सी
unn.prixa.net

युरोकप छनोट अन्तर्गत समूह चरणको खेलमा जर्मनी र इटली विजयी हुँदा विश्व विजेता फ्रान्स भने टर्कीसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा जर्मनले बेलारुसलाई दुई शून्यले हरायो । जर्मनको जितमा साने र मार्कुस रिउसले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा सानेको गोलबाट अग्रता बनाएको जर्मनीले ६२ औं मिनेटमा रिउसको गोल मार्फत अन्तर दुई शून्यमा पुर्‍यायो ।

त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र जर्मनीले दुई शून्यको जित निकाल्यो ।

अर्को खेलमा इटलीले पूर्व च्याम्पियन ग्रीसलाई तीन शून्यले पाखा लगायो । इटलीको जितमा बारेला, इन्सिग्नी र बोनुसीले एक–एक गोल गरे । उसले तीनै गोल पहिलो हाफमा गरेको थियो ।

यता विश्व च्याम्पियन फ्रान्स भने टर्कीसँग दुई शून्यले स्तब्ध भयो । निकै रोमाञ्चक बनेको खेलमा टर्कीका लागि ३० औं मिनेटमा आह्यान र ४० औं मिनेटमा अन्डेरले गोल गरेका थिए ।


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया