प्रदेश ३ मा बजेट बनाउने चटाराे, बिहानैदेखि साँझ अबेरसम्म पनि कर्मचारीलाई भ्याइ नभ्याइ

 जेठ २७, २०७६ सोमबार ७:२५:११ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - प्रदेश नम्बर ३ को आर्थिक मामिला तथा योजान मन्त्रालयले आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ ।

बजेटको तयारीका लागि मन्त्रालयका कर्मचारीहरु बिहानको झिसमिसेदेखि साँझ अबेरसम्म काममा खटिएका छन् । चालु आर्थिक बर्षमा पूँजीगत रकम खासै खर्च गर्न नसकेको प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि चालु बर्ष भन्दाबढी रकमको बजेट ल्याउने तयारी गरेकाे छ । 

बजेटका लागि सातवटै मन्त्रालयमा पठाइएको बजेट सिलिङ अनुसार आगामी बर्षभरी गरिने कामका योजना छनौट गरी आईसकेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताउनुभयो ।

चालुबर्षमा समेट्न नसकिएका योजनाहरु आगामी बजेटमा समेट्ने तयारी भएको उहाँले बताउनुभयो । बजेट कती रकमको ल्याउन लागेको भन्ने उहाँले खुलाउन चाहनुभएन । सबैभन्दा बढी रकम भौतिक पूर्वाधारका क्षेत्रमा खर्च गरिने उहाँको भनाई छ । प्रदेशका गौरवका योजनाहरु छनौट गरेर बजेट तयार पार्ने काम भइरहेकाे पनि उहाँले बताउनुभयाे ।  

असार १ गते ल्याइने बजेटमा चालु आर्थिक बर्षमाभन्दा आगामी आर्थिक बर्षमा चालु खर्च समेत बढ्ने अनुमान गरिएको छ । पहिले कर्मचारी अभावका कारण चालु खर्च पनि थोरै भएको प्रदेश ३ मा आगामी आर्थिक बर्षमा भने चालु खर्च पनि बढ्ने देखिन्छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया