'प्रिन्स एण्ड प्रिन्सेस लमजुङ' को उपाधि अशिम र सिमोनलाई

 जेठ २७, २०७६ सोमबार २०:१९:३७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – पहिलो पटक आयोजना गरिएको 'प्रिन्स एण्ड प्रिन्सेस लमजुङ' को उपाधि बेसीशहरका अशिम गुरुङ र सिमोन गुरुङले जितेका छन् ।

प्रिन्स तर्फका विजेता अशिम गुरुङ बेसीशहरको युनिभर्सल एकेडेमी बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत छन् ।  

त्यस्तै सुन्दरबजारका अन्तिम दुरा 'मोस्ट कन्फिडेन्ट,' 'मोस्ट ट्यालेन्टेड' सव टाइटल अवार्डसँगै फर्स्ट रनर्सअप घोषित भए । बेसीशहरका अन्जन राउत 'मोष्ट जेन्टल' टाइटल अवार्डसँगै सेकेण्ड रनर्सअप घोषित भए ।  

प्रिन्सेस तर्फकी विजेता सिमोन गुरुङले उपाधिसँगै ‘मोस्ट पपुलर’ र ‘मोस्ट एडोरेबल’ टाइटल अवार्ड पनि जितेकी छन् । सिमोन गुरुङ बेसीशहरको अर्थली प्याराडाइज बोर्डिङ स्कुलको कक्षा ६ मा अध्ययनरत छिन् । 

यस्तै, बेसीशहरकै यजु गुरुङ ‘भ्युअर्स च्वाईस’, ‘वेष्ट स्माइल’ सव टाइटलसँगै फर्स्ट रनर्सअप घोषित भएकी छिन् । सुन्दरबजारकी अग्रिमा अधिकारी ‘मोस्ट क्युट’ सव टाइटल अवार्डसँगै सेकेण्ड रनर्सअप घोषित भइन् ।  

विजेता प्रिन्सेस सिमोन गुरुङलाई मिस गुरुङ इन्टरनेशनल २०१८ की विजेता बबिता गुरुङले ताज पहिराइदिएकी थिइन् । विजेता प्रिन्स अशिम गुरुङलाई जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले ढाका टोपी लगाएर ट्रफी प्रदान गर्नुभएको थियो ।  

लमजुङ डान्स स्टुडियो बेसीशहरको आयोजनमा लमजुङमा पहिलो पटक बालबालिकाहरुलाई लक्षित गरी आयोजना गरिएको ‘प्रिन्स एण्ड प्रिन्सेस लमजुङ’ को ग्रान्ड फिनालेमा १७ जना बालबालिकाहरुबीच प्रतिस्पर्धा भएको लमजुङ डान्स स्टुडियोका नृत्य निर्देशक संजित गुरुङले जानकारी दिनुभयो । 

उपाधि विजेतालाई नगद २०/२० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै फस्र्ट रनर्सअप र सेकेण्ड रनर्सअपलाई क्रमशः १०/१० हजार र ५/५ हजार रुपैयाँ प्रदान गरिएको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया