६ सय ५९ जनाले चढे सगरमाथा, चार जनाको दाबी झुटो

 जेठ २९, २०७६ बुधबार ८:४८:८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – यस पटकको हिमाल आरोहण याममा ६ सय ५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

पर्यटन विभागको तथ्याङकक अनुसार दस्तुर बुझाएर अनुमति लिएका ३ सय ८१ जना मध्ये २ सय ८१ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यस्तै उनीहरुको सहयोगीको रुपमा गएका ३ सय ७८ जना सगरमाथाको शिखरमा पुगेका छन् । 

यस पटक सगरमाथाको शिखरमा पुग्नेमध्ये ६५ जना महिला र ५ सय ९४ जना पुरुष रहेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिनुभयो ।

चार जनाको दाबी झुटो 

यसैबीच हिमाल आरोण गरेको सूचना दिएकामध्ये चार जनाले सगरमाथा आरोहण नगरी झुटो विवरण दिएको पाइएको छ ।

जेठ ९ गते सगरमाथा आरोण गरेको विवरण दिएका यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुशको दाबी झुटो पाइएको निर्देशक आचार्यले बताउनुभयो । उनीहरुका सहयोगीका रुपमा गएका पाँच जना नेपालीले पनि सगरमाथा आरोहण गरेको विवरण दिएका र त्यो झुटो ठहरिएको विभागले जनाएको छ । 

उजुरी परेपछि छानविनका क्रममा प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएका उनीहरुको दाबी झुटो ठहरिएपछि आरोहण प्रमाणपत्र नदिएको आचार्यले बताउनुभयो । कानुन अनुसार यसरी फर्जी प्रमाण पेस गर्नेलाई नेपालका हिमाल आरोहणमा रोक लगाउने गरिन्छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया