प्रथम चिशंखुगढी अध्यक्षकपको उपाधि लिखु गाउँपालिकालाई

 जेठ २९, २०७६ बुधबार १३:८:२७ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – चिशंखुगढी गाउँपालिकाले आयोजना गरेको प्रथम चिशंखुगढी अध्यक्षकप–०७६ भलिबल प्रतियाेगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ ।

लिखु गाउँपालिकाले चम्पादेवीलाई २–३ सेटको अन्तरले हराउँदै उपाधी हात पारेको हो । 

सुरुका दुई सेट लगातार जितेको चम्पादेवी गाउँपालिका दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । त्यस्तै आयाेजक चिशंखुगढी गाउँपालिकाले उदयपुरको ताप्ली गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । ताप्ली गाउँपालिकाले सान्त्वना स्थानमा चित्त बुझाएको छ । 

अध्यक्षकपको विजेताले १ लाख ५१ हजार १ सय ११ नगद, शिल्ड,पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेताले नगद, शिल्ड, पदक र प्रमाणपत्रपहित १ लाख १ हजार १ सय ११ तथा तृतीय स्थान हासिल गर्नेले ५१ हजार १११ नगद पुरस्कार तथा शिल्ड र पदक प्राप्त गरेका छन् ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, अनुशासित खेलाडीलाई पुरस्कृत गरिएको छ ।

अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा उदयपुर, ओखलढुंगा र खोटाङका गरी आठ स्थानीय तह सहभागी थिए। चिशंखुगढी सरकारी स्तरमा आयोजना गरेको सर्वाधिक धनराशी रहेको अध्यक्षकप प्रतियोगिता आयोजना गर्ने ओखलढुंगाको पहिलो स्थानीय तह हो । 
 
 

अन्तिम अपडेट: चैत १५, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया