आगलागीमा घाइते भएकामध्ये १ जनाकाे ज्यान गयाे

 जेठ २९, २०७६ बुधबार १४:७:३ | जयनारायण यादव
unn.prixa.net

बारा - गएको जेठ २४ गते शुक्रबार ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका सात जनामध्ये एकजनाको ज्यान गएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका-१४, की ४० वर्षीया ज्ञानीमाया मोक्तानको उपचारको क्रममा मंगलबार साँझ काठमाण्डौको कीर्तिपुरमा बर्न सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले जानकारी दिनुभयो ।

अन्य ६ जना घाइतेको भने काठमाण्डौको कीर्तिपुरमा रहेकाे बर्न सेन्टर उपचार भइरहेको बताइएकाे छ । गएको शुक्रबार चिया पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा सातजना घाइते भएका थिए।

घाइतेहरुको उपचारका लागि आर्थिक समस्या देखिएपछि स्थानीयहरु रकम संकलन कार्यमा जुटेको जितपुर सिमरा उपमहानगरपालिका-१४ का वडाध्यक्ष रामशरण बर्तौलाले बताउनुभयो

अन्तिम अपडेट: चैत ११, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया