इलाका प्रहरी कार्यालय अगाडि रहेको नगरपालिका कार्यालयमा बम विस्फोट

 जेठ ३०, २०७६ बिहिबार १०:४६:४७ | शैलेन्द्र महतो
unn.prixa.net

फाइल फाेटाे

धनुषा - धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ ।

धनुषाधाम बजारको धनुषा मन्दिरको पछाडिमै रहेको नगरपालिका कार्यालयमा बुधबार राति ९ बजे बम विस्फोट भएका प्रहरीले जनाएको छ ।

विस्फोट भएको स्थानमा कुकरको सिट्ठी भेटिएकोले बम विस्फोट भएको पुष्टि भएको हो । विस्फोटले नगरपालिकाको पर्खाल र सभाहलको भित्तामा क्षति पुगेको छ ।

नगरपालिका कार्यालय इलाका प्रहरी कार्यालय धनुषाको झण्डै ४० मिटर दूरीको अगाडिमा छ । विस्फोट कसले गराएको हो भन्ने अहिलेसम्म खुलेको छैन । घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया