विश्वकप क्रिकेटमा भारत र न्यूजिल्याण्डको खेल आज, वर्षाले खेल प्रभावित हुने सम्भावना

 जेठ ३०, २०७६ बिहिबार ११:३४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटमा भारत र न्यूजिल्याण्ड बिहीबार खेल्दैछन् । विश्वकपमा १० टिम सहभागि भएकोमा अहिलेसम्म भारत र न्यूजिल्याण्ड मात्रै अपराजित रहेका छन् । 

भारतले २ खेल खेलेको छ भने न्यूजिल्याण्डले अहिलेसम्म तीन खेल खेलिसकेको छ । नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि खेल सुरुहुने छ ।

भैरहेको विश्वकपमा अहिलेसम्म वर्षाले तीन खेल रद्द भइसकेका छन् । जसले गर्दा आजको खेल के हुन्छ भन्ने आंकलन गरिएको छ । नटिङघमको ट्रेन्ट ब्रिजमा आज पानी पर्ने अत्याधिक सम्भावना रहेको छ । 

मौसम पूर्वानुमानका अनुसार भारत र न्यूजिल्याण्डबीचको खेलका दौरान पानी पर्ने सम्भावना ९० प्रतिशत रहेको छ । यसैगरी तापक्रम पनि १०–१२ डिग्री सेल्सियस हुने छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया