पतञ्जलीको जन्म अर्घाखाँचीमा भएको ‘पुष्टि’

 जेठ ३१, २०७६ शुक्रबार ९:२०:५८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – महर्षि पतञ्जलीको जन्म अर्घाखाँचीमा भएको ‘पुष्टि’सहित प्राध्यापक डाक्टर विष्णुराज आत्रेयद्वारा लिखित पतञ्जली नामक पुस्तकको बिहीबार लोकार्पण गरिएको छ । 

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर ३ ठाडादहमा बिहीबार एक कार्यक्रमका बीच ‘पतञ्जली’ नामक पुस्तकको पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डाक्टर दिनेशराज पन्त र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राध्यापक डाक्टर  माधवराज गौतमले संयुक्त रुपमा  विमोचन गर्नु भएको हो । 

पुस्तकमा महर्षि पतञ्जलीको जन्म शितगंगा नगरपालिका वडा नम्बर–७ एैरावतीको वलारेपांग्रेमा भएको पुष्टि गरिएको छ । पतञ्जलीको जन्म भएको कारण अहिले अमराइबाट जुकेना, जलुके हुँदै लामाताल, ऐरावती जोड्ने सडकको नाम पनि पतञ्जली मार्ग नामाकरण भएको छ ।  

पुस्तक लोकार्पण कार्यक्रममा  मन्तव्य राख्दै  पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझी, नेपाल प्रज्ञा प्रविष्ठानका प्राज्ञ डाक्टर दिनेशराज पन्त र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राध्यापक डाक्टर  माधवराज गौतमले पतञ्जलीको जन्म भएको स्थानको प्रचारप्रसारमा सबैले ध्यान दिनु पर्ने बताउनुभयो । 

कार्यक्रममा प्राध्यापक ऋषिकेश उपाध्याय, डाक्टर भीष्मकुमार भुसाल, जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, प्राध्यापक लालमणि पाण्डे, वरिष्ठ अधिवक्ता गोपाल घिमिर लगायतले मन्तव्य राखेका थिए । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया