नेपाल-भारत सीमा क्षेत्रकाे जोगबनी नाका बिहीबारदेखि बन्द

 जेठ ३१, २०७६ शुक्रबार १३:५१:२९ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - नेपाल–भारत सीमा क्षेत्र जोगबनी नाका बिहीबारदेखि बन्द भएको छ ।

भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एसएसबीबीच उत्पन्न समस्याका कारण नेपालतर्फ आउने सामानहरु भारतीय भूमिमा नै रोकिएका हुन् । एसएसबी र भारतीय भन्सारबीचको विवाद उग्र बन्दै गएपछि त्यसको असर सीमा नाकामा परेको हो ।

भारत तथा तेस्रो मुलुकबाट आयात भएका सामानहरु लिएर नेपाल आउँदै गरेका मालवाहक गाडीहरु बोर्डरमै रोकिएको छ भने नेपालबाट फर्कने क्रममा रहेका सवारी साधन पनि नेपालतर्फ नै रोकिएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मनीराम पौडेलले बताउनुभयाे ।

नाका ठप्प हुँदा नेपालबाट भारत र भारतबाट नेपालतर्फ आउजाउ गर्ने गर्ने दुई सयभन्दा बढी मालवाहक गाडीहरु बीच बाटोमै अलपत्र परेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नेपालबाट खाली गाडीलाई विराटनगर–१८ को बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को बाटो हुँदै फर्काउने विषयमा भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिनुभयाे ।  

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया