शान्तिपूर्ण देशको सूचिमा नेपाल ७६ औं स्थानमा

 असार १, २०७६ आइतबार ११:५९:४३ | एजेन्सी
unn.prixa.net

नेपाल शान्तिपूर्ण देशको ७६ औं स्थानमा परेको छ । विश्व शान्ति सूचकांक (ग्लोबल पिस इन्डेक्स) (जीपीआई) २०१९ अनुसार नेपाल गएको वर्षभन्दा आठ स्थानमाथि उक्लिएको हो ।  

सन् २०१८ को प्रतिवेदनमा भने नेपाल ८४ औं स्थानमा रहेको थियो । अष्ट्रेलियाको थिंक ट्यांक इन्स्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस (आईईपी) ले जारी गरेको प्रतिवेदन अनुसार, १६३ देशमध्ये नेपाल ७६ स्थानमा परेको हो । 

प्रतिवेदन अनुसार, सबैभन्दा शान्तिपूर्ण देशको सूचिको पहिलो नम्बरमा आइसल्याण्ड पर्न सफल भएको छ । त्यस्तै न्यूजिल्याण्ड, अष्ट्रिया, पोर्चुगल र डेनमार्क दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् । 

यो सूचिको अन्तिम अर्थात् १६३ औं स्थानमा दक्षिण एसियाली राष्ट्र अफगानिस्तान परेको छ । त्यस्तै सिरिया, दक्षिण सुडान, यमन र सुडान विश्वकै कम शान्तिपूर्ण देशको पुछारमा अटाएका छन् । 

१५ औं स्थानमा रहेको भुटान दक्षिण एसियाली राष्ट्रको पहिलो नम्बरमा परेको छ । त्यस्तै श्रीलंका ७२, बंगलादेश १०१, भारत १४१, पाकिस्तान १५३ औं स्थानमा छ । 

आईईपीले निम्न आधारमा शान्तिपूर्ण देशको सूचि सार्वजनिक गर्ने गरेको छ । सामाजिक सुरक्षा र सुरक्षाको स्तर, चलिरहेको घरेलु र अन्तर्राष्ट्रिय संघर्षको सीमा र सैन्यकरणको अवस्थालाई मुख्य आधार मान्दै आएको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया