विश्वकप क्रिकेट: भारत पाकिस्तानबीचको खेल वर्षाका कारण राेकियाे

 असार १, २०७६ आइतबार १९:०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकपको हाई भोल्टेज गेममा भारत र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ ।

भारतले ४६।४ ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनाएका बेला पानी पर्न सुरु गरेपछि खेल रोकिएको हाे । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले उत्कृष्ट शुरुआत गर्‍यो । भारतका रोहित शर्माले शतक बनाउँदा अर्का ओपनर केएल राहुल र कप्तान विराट कोहलीले अर्धशतक बनाए । कोहली र विजय शंकर अहिले क्रिजमा रहेका छन् । 

भारतीय नियमित ओपनर शिखर धवन अस्ट्रेलियाविरुद्धको खेलमा घाइते भएपछि उनको ठाउँमा राहुलले ओपनिङ गरेका थिए । रोहितलाई गतिलो साथ दिएका राहुलले अर्धशतक बनाउँदै आउट हुँदा भारतले १३६ रन बनाएको थियो । ७८ बल खेल्दै ५७ रन बनाएका राहुल वहाब रियाजको बलमा बाबर आजमको हातबाट क्याच आउट भए । राहुलले आफ्नो इनिङ्समा ३ चौका र २ छक्का प्रहार गरे ।

राहुल आउट भएपछि मैदान आएका कप्तान विराट कोहली र  रोहित मिलेर भारतको स्कोर २३४ रन पुर्याएका थिए । ९८ रनको साझेदारी गरेपछि भारतको स्कोर कार्ड ठूलो बनेको थियो । जसमा रोहित १४० रन बनाएर आउट भए । आक्रामक पारि खेलेका रोहितले ११३ बलमा १४ चौका र ३ छक्काको मद्दतले १४० रन जोडेका हुन् । उनले शतक भने ८५ बलमा पूरा गरेका थिए । शतक बनाउँदा ९ चौका र ३ छक्का प्रहार गरेका थिए । बाँकी ४० रन बनाउँदा छक्का प्रहार गर्न नसेके पनि ५ चौका भने थप्न सफल भए ।

कप्तान विराट कोहलीले ६२ बलमा ७१ रन बनाउँदै क्रिजमा छन् भने उनलाई विजय शंकरले ३ रन बनाएर साथ दिएका छन् । 
केएल राहुल ओपनिङ आएपछि चौथो नम्बरमा अल राउण्डर हार्दिक पाण्ड्याले २६ रनको योगदान गरे । उनले आफ्नो इनिङमा २ चौका र १ छक्का प्रहार गरे ।
पाण्ड्या आउट भएपछि विकेट किपर व्याट्सम्यान महेन्द्रसिंह धोनी क्रिजमा आएका थिए । तर धोनी क्रिजमा भने टिक्न सकेनन् । उनी जम्मा १ रन बनाएर आउट भए । 

पाकिस्तानका मोहम्मद आमिरले अहिलेसम्म ८ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ३४ रन खर्चिदा २ विकेट हात पारेका छन् । 

१० ओभर बलिङ गरेको इमाद ओसिमले ४९ रन खर्चिँदा कुनै पनि विकेट हात पार्न सकेनन् । हसन अलिले ९ ओभरमा ८४ रन खर्चिएर १ विकेट लिएका थिए । वहाब रियाजको नाममा एक विकेट रहेपनि रहे पनि उनले अहिलेसम्म ८।४ ओभर बलिङ गर्दा ५३ रन खर्चिसकेका छन् ।

सात जनाले बलिङ गरेपनि पाकिस्तानका  वसिम सहित, सदाव खान, सोयब मलिक र मोहम्मद हफिजले विकेट लिन असफल रहे ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया