बझाङमा जीप दुर्घटना : ६ जनाको ज्यान गयो

 असार २, २०७६ सोमबार १६:३४:२२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ –  बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप  डौठी भन्ने ठाँउमा दुर्घटना भएको छ । 

दुर्घटनामा परि ६ जनाको ज्यान गएको छ  भने ६ जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालयका सब-इन्स्पेक्टर महानन्द जोशीले उज्यालोलाई बताउनुभयो ।

दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । दुर्घटनामा एक बालक, दुई महिला र तीन जना पुरुषको ज्यान गएको हो । 

जीप अप्ठेरो ठाँउमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको सब-इन्स्पेक्टर जोशीले जानकारी दिनुभयो । जीप दुर्घटनाकाे कारण भने थाहा नभैसकेको प्रहरीले बताएको छ । 

दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको अवस्थामा छ र घटनाको विवरण आउन बाँकी छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीसहितको टोली गएको छ। 

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेको जोशीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया