कोपा अमेरिका : चिलीसँग जापान पराजित

 असार ३, २०७६ मंगलबार ७:१८:५१ | एजेन्सी
unn.prixa.net

कोपा अमेरिका अन्तर्गत मंगलबार भएको खेलमा चिली विजयी भएको छ । चिलीले जापानलाई ४–० ले स्तब्ध पार्‍यो ।

चिलिको जितमा इडुवार्डा भर्गासले दुई गोल गरे भने एलेक्सिस सान्चेज र इरिक पुल्गारले एक गोल गरे । खेलको ४१औं मिनेटमा पुल्गारले गोल गर्दै चिलीलाई अग्रता दिलाए । दोस्रो हाफमा चिलीले तीन गोल गरेको थियो ।

५४औं मिनेटमा भर्गासले र ८२औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेपछि चिलिले ३–० को अग्रता लियो । ८३औं मिनेटमा भर्गासले ब्यक्तिगत दोस्रो गोल गर्दा चिलीले ४–० को जित निकाल्यो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया