किशोरी बेचबिखनको अभियोगमा तीन जना भारतीय नागरिक थुनामा

 असार ३, २०७६ मंगलबार ९:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – किशोरी बेचबिखनको आरोपमा तीन जना भारतीय नागरिक थुनामा परेका छन् । जिल्ला अदालत पाल्पाले उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

२ जना बालिकासहित एक युवतीसँग विवाहको नाटक गरेर भारततर्फ लैजाने क्रममा पाल्पा प्रहरीले भारत बिहारस्थित बेतीयाका २१ वर्षिय मनोहर कुमार, २० वर्षका अभिजित कुमार र १९ वर्षका कालु कुमारलाई पक्राउ गरेको थियो ।

जिल्ला न्यायधीश शंकरराज बरालको एकल इजलाशले नेपाली किशोरी बेचबिखनको अभियोग लागेका उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनीहरूलाई मानव बेचिबखनसम्बन्धी मुद्धा अनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश भएको अदालतका श्रेस्तेदार कृष्ण मुरारी सिग्देलले जानकारी दिनुभयो ।

गुल्मी धुर्कोट गाउँपालिकाका बालिका र युवतीलाई तीनै जना युवाले विवाह गर्ने भनेर भारततर्फ लैजान लागेका थिए । बालिका र युवतीसहित उनीहरुलाई पाल्पाको रिब्दीकोट गाउँपालिका–३, हार्थोकबाट पक्राउ गरिएको थियो । दुबै जना बालिका र युवतीको उद्दार गरी परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया