उपचुनाव : आजराति १२ बजेदेखि मौन अवधि, सामाजिक सञ्जालबाट प...
बैशाख १२, २०८१ बुधबार
बझाङ – बझाङमा सामेबार जीप दुर्घटनामा घाइते भएका दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको छ ।
सोमबार से १ ज १०७२ नम्बरको जीप मष्टा गाउँपालिका –१ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमा नै ज्यान गएको थियो । ५ जना घाइते भएका थिए । घाइते मध्ये गम्भीर घाइते भएका तीन जनालाई सोमबार नै नेपालगञ्ज लगिएको थियो ।
मंगलबार बिहान थप दुई जना घाइते मष्टा गाँउपालिका–१ की ३५ वर्षीया अनिता द्धाल, १५ वर्षीया संगीता खड्कालाई नेपालगञ्ज रिफर गरिएको हो । उनीहरुको हात खुट्टा टाउकोमा समेत चोट लागेको कारण जिल्ला अस्पतालबाट रिफर गरिएको होे ।
बझाङ जीप दुर्घटना अपडेट : एकै परिवारका तीन जनासहित १० जनाको मृत्यु