पाकिस्तानका एक मन्त्री फेसबुक लाइभमा बिरालाेजस्ताे देखिएपछि...

 असार ३, २०७६ मंगलबार २०:२४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल फेसबुकमा भएका नयाँ नयाँ ‘अप्सन’का कारण अहिले प्रयोगकर्ताले आफ्नो सुविधा अनुसारको सेवा लिन पाइरहेका छन् ।  
विभिन्न सहजताका कारण प्रयोगकर्ताले सहजै आफ्नो इच्छा अनुसार फेसबुकलाई प्रयोग गर्ने गरेका छन् । 

तर कहिलेकाहीँ यही सुविधा प्रयोग गर्दा थोरै लापरवाहीले पनि लज्जास्पद अवस्था आउन सक्छ । खासगरी लाइभ स्ट्रिमिङ गर्दा यस्तो समस्या झनै बढी देखिन्छ ।

त्यसैले लाइभ स्ट्रिमिङ गर्ने समयमा प्रयोगकर्ताले धेरै नै सावधान बन्नु पर्ने हुन्छ । किनकि थोरै लापरवाहीले पनि हास्यको पात्र बन्नुपर्ने अवस्था आइलाग्न सक्छ । खासगरी महत्वपूर्ण विषयमा लाइभ अभिव्यक्ति दिँदा सावधानी नअपनाए यस्तो अवस्था आइलाग्न सक्छ । 

सामाजिक सञ्जालमा भाइरल पाकिस्तानका मन्त्री

पाकिस्तानको खैबर पख्तुनख्वाका एक मन्त्रीले गरेको फेसबुकमा लाइभ अहिले भाइरल भइरहेको छ । फेसबुक लाइभको समयमा खैबर पख्तुनख्वाका सूचना मन्त्री शौकत युसुफजाई र उनका मन्त्रीहरुको सानो गल्ती हुन पुग्यो । फेसबुक लाइभको समयमा गल्तिका कारण त्यहाँ भएको फिल्टर अप्सनमा क्लिक हुन पुग्यो र मन्त्री युसुफजाईको अनुहार बिरालो जस्तो हुन पुग्यो ।

युसुफजाईले विधानसभामा भएको एक फैसलाका बारेमा पत्रकार सम्मेलन गरेका थिए । यहीबीच गल्तिले फेसबुकमा रहेको क्याट फिल्टर अप्सन एक्टिभ हुन पुग्यो । लाइभ गर्नेले गल्ति थाहा पाएर सच्याउँदासम्म त्यो भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले स्न्यापसट लिएर शेयर गर्न भ्याइसकेका थिए । 
यसको केही समयपछि नै त्यस भिडियो र तस्बिर भाइरल हुन पुग्यो ।

भिडियो र तस्बिरमा सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्रीकाे खिल्ली उडाउँदै कमेन्टहरु लेखेका छन् । एक जना ट्विटर प्रयोगकर्ताले युसुफजाई बिरोलोको कानसहितको तस्बिरमा निकै क्युट देखिएका छन् भन्दै तस्बिर शेयर गरेका छन् ।  

 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया