कर्णाली नदीमा जीप खसेर हराएकाहरुको अवस्था अझै थाहा हुन सकेन

 असार ४, २०७६ बुधबार ७:५१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला – खार्पुनाथ गाउँपालिकामा जीप कर्णाली नदीमा खसेर हराएकाहरुको अवस्था अझै थाहा हुन सकेको छैन ।

मंगलबारदेखि नै प्रहरी, सेना र गाउँलेको सहयोगमा खोजी भैरहे पनि अझै अवस्था थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जीप कर्णाली नदीमा खसेको र आवश्यक प्रविधि पर्याप्त मात्रामा नभएकाले खोजीका लागि कठिन भएको प्रहरीको भनाइ छ ।

मंगलबार खार्पुनाथ गाउँपालिका–५ मा लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खस्दा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित १० जना बेपत्ता छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया