देखिन थाल्यो मनसुनको संकेत, गर्मी बढ्ने सम्भावना छैन : मौसमविद्

 असार ४, २०७६ बुधबार ८:३८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनसुन सुरु हुने संकेत देखिन थालेकाले अब बिस्तारै तापक्रम घट्दै जाने मौसमविदहरुले बताएका छन् । पछिल्लो साता काठमाण्डौ उपत्यकासहित देशभरिको तापक्रम ह्वात्तै बढेको थियो । गएको शुक्रबार काठमाण्डौको  अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस पुग्यो । उपत्यकामा यो तापकक्रम वर्षकै सबैभन्दा धेरै हो ।

गएको सोमबार दिउँसोदेखि आंशिक तथा सामान्य बद्ली भएर बेलुका पानी परेपछि तापक्रम केही मात्रामा घट्दै गइरहेको छ । मनसुनको संकेत देखा पर्न थालेकाले अब बिस्तारै तापक्रम घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबको १, २ दिन आशिंकदेखि सामान्य बद्ली भई बेलुका धेरै ठाउँमा पानी पर्ने र त्यसपछि मनसुन भित्रने भएकाले अब गर्मी बढ्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

नेपालतिर आउने मनसुनी प्रणाली बंगालको खाडी आसपासमै रोकिएपछि मनसुन भित्रिने बेलामा उखरमाउलो गर्मी बढेको हो ।  सामान्यतया जेठ अन्तिम साता (जुन १०) मा भित्रिने मनसुन अहिलेसम्म नेपाल प्रवेश गरेको छैन । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया