'इंका रोप ब्रिज' अर्थात् घाँसकाे पुल

 असार ४, २०७६ बुधबार १६:८:४२ | एजेन्सी
unn.prixa.net

घाँसको पनि पुल हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर पेरुको कुस्को इलाकामा रहेको अपुरिमेक नदीमाथि घाँसकै पुल छ । जुन घाँसको पुल हरेक वर्ष मर्मत गरिन्छ र पुरानो पुलको स्थानमा नयाँ पुलको निर्माण गरिन्छ । 

जसलाई 'इंका रोप ब्रिज' पनि भनिन्छ, किनकि सबैभन्दा पहिला इंका साम्राज्यको समयमा पुल बनाउनको लागि यो उपायको प्रयोग गरिएको थियो । मोटो डोरीको सहारामा हावामा लट्किएको यो पुललाई हातले बुनिन्छ र यो पुल नै पछिल्लो ६ सय वर्षदेखि मानिसहरुको आवतजावत गर्ने साधन बनेको छ  ।

इंका नेटवर्कको एक हिस्सा इंका साम्राज्यको शहर र कस्बोंलाई जोड्छ । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र साँस्कृतिक संगठन (युनेस्को) ले यो पुललाई विश्व धरोहरको रुपमा पनि घोषित गरेको छ । 

परम्पराअनुसार, पुल बनाउनका लागि केवल पुरुषहरुले मात्र भाग लिन पाउँछन् भने महिलाहरु नदीको दुई भागको अग्लो स्थानमा बसेर छोटा–छोटा डोरी बुन्छन् । 

मुख्य पुल ६ वटा ठूला डोरीबाट बनाउने गरिन्छ, जुन डोरीको मोटाइ एक फुटसम्म हुन्छ । जसलाई पातलो-पातलो १२० डोरी मिलाएर बनाइन्छ । 

डोरी बनाउनको लागि स्थानीय मजबुत घाँस, जसलाई स्थानीय भाषामा 'इचू' को नामबाट चिनिन्छ । यो घाँसलाई सबैभन्दा पहिला ढुंगाले पिटिन्छ र पानीमा भिजाइन्छ, जसका कारण घाँस मुलायम हुन्छ र डोरी बाट्न सजिलो हुन्छ । 

घाँसको पुल बनाउने काममा लाग्ने मानिसहरुका लागि चिकेन, ट्राउट माछा आदिबाट बनेको परिकार बनाइन्छ । 

पुल बनाउने पुरै प्रक्रियामा कुनै पनि नयाँ आधुनिक सामान, उपकरण र मेसिनको प्रयोग गरिँदैन । घाँस र मानिसहरुको बलको जरुरत हुन्छ । 

केस्वाचाका पुल वर्षमा एक पटक बनाइन्छ र चौथो दिन खाने र संगीतको कार्यक्रमसँगै उत्सव मनाइन्छ, जुन दिन सामान्यतया जुन महिनाको दोस्रो आइतबार पर्दछ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया