गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत राख्न सरकारसँग माग

 असार ४, २०७६ बुधबार १६:३६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ । 

समितिका संयोजक डा. महेशमान श्रेष्ठले गुठी संस्कृतिसँग सम्बन्धित भएकाले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयअन्तर्गत राख्न सरकारसँग माग गर्नु भएको हो ।

बुधबार गुठियारहरुले काठमाण्डाैको माइतीघर मण्डलामा आयोजना गरेको विशाल प्रर्दशन कार्यक्रममा बोल्दै उहाँले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत गुठीलाई राख्ने काम गरेकोमा पनि आक्रोश व्यक्त गर्नु भयो ।

संयोजक श्रेष्ठले सरकारले गुठी विधेयक खारेज नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने पनि स्पष्ट पार्नु भयो । नेवार समुदायको गुठीको जग्गालाई कब्जामा लिने प्रयास सरकारले गरिरहेकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया