टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गयो

 असार ४, २०७६ बुधबार १८:३८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर – चौदण्डीगढी नगरपालिका-७ को लाटीखोलामा बुधबार टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।  

बेल्टार बजार जाँदै गरेको बा २ क ७०९ नम्बरको टिप्परले स ४ प ३६१ नम्बरको मोटसाइकललाई ठक्कर दिएको हो । ज्यान गुमाउनेमा बेल्टारकै ४६ वर्षीय खगेन्द्र राई र ४५ वर्षीय जीवन साम्पाङ रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । 

मोटरसाइकललाई ठक्कर दिने टिप्पर निर्माणधीन मदन भण्डारी लोकमार्गको पुलको ठेक्का लिएको रसुवा जेभी कस्ट्रक्सनको हो । 

फरार रहेका टिप्परका चालक र सह चालकको खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया