कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
पाँचथर - मिक्लाजुङ गाउँपालिका–७, शान्तिचोक छेउको जङगलमा रोकेर राखिएको एक्स्काभेटरमा अज्ञात समूहले आगजनी गरेका छन् ।
राँके–भेडेटार सडकखण्डको कामको लागि रोकेर राखिएको एक्स्काभेटरमा गए राति १ बजे नचिनेका मानिसहरुकाे समूहले आगजनी गरेको इलाका प्रहरी चौकी रविका इन्स्पेक्टर रोमन अर्यालले बताउनुभयो ।
आगजनी गरिएको एक्स्काभेटर राँके–भेडेटार सडकखण्डमा काम गरिरहेको ज्वाला निर्माण सेवा काठमाण्डौकाे बा ३ ख ५६६ नम्बरको रहेको प्रहरीले बताएको छ । रातको समयमा विष्फाेटको आवाज सुनेर हेर्दा एक्स्काभेटरमा आगो लागिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
एक्स्काभेटर आगजनी गरिएको ठाउँमा ‘टाइम बम छ’ भनेर लेखिएको कागज पनि भेटिएको तर त्यस्तो खतराजनक वस्तु नभेटिएको इन्स्पेक्टर अर्यालले बताउनुभयो ।
आगजनीबाट एक्स्काभेटर पूर्ण रुपमा जलेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।