गोकर्णमा बस दुर्घटना, सहचालकको मृत्यु, २० जना घाइते

 असार ५, २०७६ बिहिबार १५:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - काठमाडौंको गोकर्णमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बा १ ख ८७४४ नम्बरको बस गाेकर्णकाे इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको प्रहरीले जनाएकाे छ । 

बस पल्टेर किच्दा त्यही बसका सहचालक काठमाण्डौ सुन्दरीजलका सागर कुँवरको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । 

दुर्घटनामा अन्य २० जना यात्रु घाइते भएको र उनीहरुको नेपाल मेडिकल कलेज जाेरपाटीमा उपचार भइरहेको दुर्घटनास्थलमा रहेका प्रहरी जवान दिपेन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया