युवती हत्या प्रकरण : पैसाकै लोभले हत्या भएको आशंका, एक जना पक्राउ

 असार ६, २०७६ शुक्रबार ६:०:५७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – हिलिहाङ गाउँपालिका–६, भारपाको सित्ते भन्ने ठाँउमा मंगलबार साँझ हत्या गरिएकी सुजाता तामाङको हत्या आरोपी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय फिदिम पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँर नेतृत्वको टोलीले तामाङका हत्या आरोपी हिलिहाङ–६ का १९ वर्षीय घनेन्द्र लाओतीलाई बिहीबार राति ८ बजे पक्राउ गरेको हो ।

सुजाताको हत्यापछि फरार अभियुत्त लाओतीको खोजतलास गर्ने क्रममा प्रहरीले तामाङको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरीसमेत बरामद गरेको छ ।

हिलिहाङ गाउपालिका–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत तामाङ हिलिहाङ–६, रातमाटेमा फाइनान्स समूहको बैठकसँगै व्याज र किस्ता संकलन गरेर फर्कँदै गर्दा गएको मंगलबार साँझ सित्ते भन्ने ठाँउको जङगलको गोरेटो बाटोमा धारिलो खुकुरी प्रहार गरी हत्या गरिएको थियो । 

लाओती हिलिहाङ–५, स्थित गाँउमै लुकेर बसेको अवस्थामा  पक्राउ परेका हुन् ।  लाओतीले पैुाकै लोभमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ  ।

इलामको माईजोगमाई गाउँपालिका–५, घर भएकी तामाङको शव वुधबार पोस्टमर्टमपछि आफन्तलाई जिम्मा दिइएको पाँचथर प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया