धादिङमा जीप दुर्घटना: चार जनाको ज्यान गयाे, १० घाइते

 असार ६, २०७६ शुक्रबार १४:८:३ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - गल्छी गाउँपालिका वडा नम्बर-६ बाझगाउँमा यात्रु बाेकेकाे जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

सिर्वानी गाउँबाट खचाखच यात्रु र तरकारी हालेर बैरैनी बजारतिर आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप कच्ची सडकबाट पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाउनेमा गल्छी गाउँपालिका वडा नम्बर-४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, वडा नम्बर-६ की ३० वर्षीया
कान्छी भुजेल र २५ वर्षीया नानु तामाङ रहेका छन् ।

दुुर्घटनामा घाइते भएका १० जनालाई बैरेनी स्वाथ्यचौकीमा उपचारपछि थप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा  पठाइएको छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया