भारतकाे लखनउबाट १६ वर्षमुनिका ५ बालबालिकाकाे उद्धार

 असार ७, २०७६ शनिबार १७:२५:३८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – भारतको लखनउबाट पाँच जना नेपाली बालबालिकाको उद्धार गरी शनिबार नेपालगञ्ज ल्याइएको छ । शक्ति समूह नेपालको सहयोगमा दुई बालिका र तीन बालकलाई उद्दार गरी शनिबार नेपालगञ्ज ल्याइएको हो ।

शक्ति समूह नेपालगन्जका क्षेत्रीय अधिकृत निर्मला थापाले भारतमा उद्धार गरेर बालगृहमा राखिएका नेपाली बालबालिकालाई नेपालगञ्ज ल्याइएको जानकारी दिनुभयो । उद्धार गरी नेपाल ल्याइएका सबै १६ वर्षमुनिका छन् । 

उत्तर प्रदेशको राजधानी लखनउको विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई प्रहरीले उद्धार गरेर राजकीय बाल गृह र राजकीय बालिका गृहमा राखेका थियो । ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको हो । 

नेपालगञ्ज ल्याइएका बालबालिकालाई अभिभावक आएपछि उनीहरुको जिम्मा लगाउने गरी हाल सिविन नेपालगञ्काे बालगृहमा राखिएको छ । उद्धार गरिएका बालिकालाई शक्ति समूहको आपतकालिन आवास गृहमा राखिएको छ ।

उद्धार गरिएका बालक दैलेख, बाँके र बर्दियाका तथा बालिकाहरु कैलाली र रुपन्देहीका हुन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया