एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि नेपालले आज हङ...
बैशाख ८, २०८१ शनिबार
अमरिश पुरी बलिउडको यस्तो नाम हो, जो अभिनेता बन्न आएका थिए तर खलनायकको रुपमा आफ्नो छुट्टै पहिचान बनाए ।
सन् १९३२ जुन २२ मा पाकिस्तानको लाहोरमा जन्मिएका अमरिश पुरी सन् २००५ जनवरी १२ मा दुनियाँबाट अलबिदा भएका थिए । तर खलनायकको रुपमा उनले निभाएको भूमिका आजसम्म पनि भुल्न सकिँदैन ।
'मोगेम्बो' को नामबाट पहिचान बनाउने अमरिश पुरी एक मात्र बलिउडका यस्ता खलनायक हुन्, जसलाई आजसम्म कसैले टक्कर दिन सकेका छैनन् । उनले झण्डै चार सय चलचित्रमा काम गरेका छन् ।
कुनै चलचित्रमा जिद्दी पिताको भूमिका निभाएका उनले कुनै चलचित्रमा खतरनाक खलनायकसम्म बने । अमरिशले कैयाैँ भूमिका निर्वाह गरे तर केही यस्ता भूमिका छन्, जुन आजसम्म पनि सबैको मानसपटलमा छाएको छ ।
सन् १९८७ मा प्रदर्शनमा आएको चलचित्र 'मिस्टर इण्डिया' मा उनको मोगेम्बो को भूमिका अहिलेसम्म पनि उत्तिकै ताजा छ । यही चलचित्रको डायलग 'मोगेम्बो खुश हुआ' आज पनि उत्तिकै चर्चित छ । त्यसैगरी सन् १९८६ मा प्रदर्शनमा आएको चलचित्र 'नागिना' मा उनको डायलग 'अलक निरंजन बोलत' पनि निकै चर्चित छ ।
शाहरुख खान र सलमान खानको चलचित्र 'करण-अर्जुन' मा अमरिश पुरीको खलनायकको भूमिका दुवै अभिनेतामाथि भारी भएको थियो । चलचित्रमा ठाकुर दुर्जन सिंहको भूमिका निकै दमदार थियो । सन् १९८७ मा प्रदर्शनमा आएको चलचित्र 'लोहा' मा अमरिश पुरीको फिल्मी करियरको सबैभन्दा खतरनाक भूमिका मानिन्छ । यो चलचित्रमा उनको अभिनय मात्र नभई उनको लुक्स पनि निकै डरलाग्दो थियो ।
राकेश रोशनको निर्देशनमा बनेको र सन् १९९७ मा प्रदर्शनमा आएको चलचित्र 'कोयला' मा अमरिश पुरीको राजा साहबको भूमिका अझै दमदार छ । सन् २००१ मा प्रदर्शनमा आएको चलचित्र 'नायक' मा अमरिशले मुख्यमन्त्रीको भूमिका निभाएका थिए । यो चरित्र पनि निकै चर्चित भएको थियो ।
अमिषा पटेल र सन्नी देओलको चलचित्र 'गदरः एक प्रेम कथा' मा अमरिश पुरीको भूमिका सम्झनलायक थियो ।