एनसीसी बैंक र आइएमई पेबीच सम्झौता

 असार ९, २०७६ सोमबार १३:८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आइएमई ग्रुपद्वारा प्रबर्द्धित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।

एनसीसी बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

काठमाण्डाैमा हालै आयोजित एक विशेष कार्यक्रमबीच आइएमई पेका तर्फबाट महाप्रबन्धक खिलेन्द्र पौडेल र एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया