आईसीसी विश्वकप : सेमिफाइनलमा कुन-कुन टिम पुग्लान् ?

 असार ९, २०७६ सोमबार १७:५१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटका आधाभन्दा धेरै खेल सकिएका छन् । जारी विश्वकपमा १० टिमले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि अंक तालिकाका आधारमा शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 

तालिकाको पहिलो स्थानमा रहने टिमले तेस्रो र दोस्रो स्थानमा रहने टिमले चौथो स्थानमा रहने टिमसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलका लागि न्यूजिल्याण्ड, अष्ट्रेलिया र भारत सेमिफाइनल नजिक छन् भने चौथो टिमको होडमा इंग्ल्याण्ड, श्रीलंका, बंगलादेश र पाकिस्तान छन् । 

श्रीलंकाविरुद्धको खेलमा इंग्ल्याण्ड पराजित हुनु र दक्षिण अफ्रिकालाई पाकिस्तानले पराजित गरेपछि चौथो टिमको होड रोमाञ्चक बनेको हो । न्यूजिल्याण्ड ६ खेल मध्ये ५ मा जित तथा एक खेल रद्द भएपछि ११ अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै ६ खेलबाट ५ खेल जितेका अस्ट्रेलिया १० अंकसहित दोस्रो स्थानमा रहँदा भारतले ५ खेलमा ४ जित र एक खेल रद्द हुँदा ९ अंकसहित तेस्रो स्थानमा राखेको छ । 

शीर्ष तीनमा रहेका टिम मध्ये भारतले एक खेल कम खेलेको छ । जसले गर्दा बाँकी रहेका ४ खेल मध्ये भारतले २ खेलमा जित निकालेमा सेमिफाइनलमा पुग्नेछ । न्यूजिल्याण्डले बाँकी रहेका तीन खेल मध्ये १ खेलमा जित हासिल गरे सेमिफाइनलको स्थान पक्का गर्नेछ भने । अष्ट्रेलियाको समीकरण पनि न्यूजिल्याण्डजस्तै छ । 

शीर्ष चारमध्ये तीन टिम अन्तिम चारमा पर्ने पक्का जस्तै रहेका बेला चौथो टिमको होड भने निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक देखिएको छ । बाँकी चार टिमको अवस्था के छ त ?

१. इंग्ल्याण्ड 

इंग्ल्याण्डले ६ खेलबाट अहिलेसम्म ८ अंक जोडेको छ । उसलाई बाँकी तीन खेल निकै नै चुनौतीपूर्ण छन् । उसले अब अष्ट्रेलिया, भारत र न्यूजिल्याण्डसँग खेल्न बाँकी रहेकाले उसलाई सेमिफाइनल पुग्न त्यति सहज छैन । 

यदि इंग्ल्याण्डले ती मध्ये २ खेलमा पराजित भएमा अरु टिमको नतिजा र रनरेटका आधारमा उसको अन्तिम चारमा स्थान पक्का हुनेछ । तर तीन मध्ये दुई खेल जितेमा सिधैं सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । 

यस्तो त्यतिबेला सम्भव हुने छ जतिबेला पाकिस्तान, बंगलादेश र श्रीलंकाले एक एक खेल हार्छन् ।  यस्तो अवस्थामा बंगलादेश र पाकिस्तानको ९ अंक पुग्ने छ भने श्रीलंकाको १० अंक हुने छ । तर राम्रो रनरेटका साथ इंग्ल्याण्डले सेमिफाइनलमा स्थान बनाउने छ ।

२. श्रीलंका 

श्रीलंकाले अहिलेसम्म ६ खेलबाट ६ अंक जोडेको छ । पाँचौं स्थानमा रहेको श्रीलंकालाई सेमिफाइनल पुग्न उसले बाँकी रहेका तीन खेल नै जित्नु पर्ने बाध्यता छ । यस्तोमा १२ अंकसहित सेमिफाइनलमा स्थान बनाउने छ । बाँकी रहेका तीन खेलमा श्रीलंकाले दक्षिण अफ्रिका, वेस्टइण्डिज र भारतसँग खेल्नु पर्नेछ । 

यसरी हेर्दा इंग्ल्याण्डले बचेका तीन खेलमै पराजित हुनु पर्नेछ भने पाकिस्तान र बंगलादेश पनि अझै एक एक खेलमा पराजित हुनुपर्ने छ । यस्तो हुँदा इंग्ल्याण्ड ८ अंकमा रोकिँदा पाकिस्तान र बंगलादेश ९९ अंकमा रोकिने छन् र श्रीलंका १० अंकसहित सेमिफाइनलमा पुग्नेछ ।

३. बंगलादेश

बंगलादेशको टिम अझै सेमिफाइनलको दौडबाट बाहिर  भएको छैन । उसले ६ खेलमा ५ अंक जोडेको छ । तीन खेल बाँकी रहेकाले उसले तीन खेल जित्दै ११ अंकसहित सेमिफाइनल पुग्ने सम्भावना छ । बंगलादेशले तीन खेल जित्दा पाकिस्तान र श्रीलंकाले एक एक खेल हानु पर्नेछ । 

बंगलादेशले सोमबार अफगानिस्तानविरुद्ध जित हात पारेमा सेमिफाइनल झनै रोमाञ्चक हुने छ । अफगानिस्तानपछि बंगलादेशले भारत र पाकिस्तानसँग खेल्न बाँकी रहने छ । 

४. पाकिस्तान 

पाकिस्तानले पनि जारी विश्वकपमा सेमिफाइनलको यात्रा कायमै राखेको छ । उसले पनि ६ खेलबाट ५ अंक जोडेको छ । बाँकी रहेका तीन खेलमै जित हात पार्न सके पाकिस्तान पनि सेमिफाइनलमा स्थान बनाउन सफल हुनेछ । 

यस्तोमा पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउन इंग्ल्याण्डले ३ मध्ये २, श्रीलंका र बंगलादेशले ३ मध्ये १ खेलमा पराजित हुनु पर्नेछ । पाकिस्तानले अब बचेका तीन खेलमा अफगानिस्तान, बंगलादेश र न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया