मुस्ताङमा मजदुर बोकेको टिप्पर दुर्घटना : १५ जनाको ज्यान गयो

 असार २२, २०७५ शुक्रबार १५:४५:३० | उज्यालो सहकर्मी

मुस्ताङ – मुस्ताङको स्याङ्बुचेमा सडक निर्माणको काम गरिरहेका मजदुर बोकेको बा २ख २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको  छ  । 

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, मा कालीगण्डकी करिडोरअन्तर्गत भेनादेखि झैतेकाे बीचमा पर्ने स्याङबाेचेमा खाना खाएर तामाखोलामा काम गर्न जाने बेलामा टिप्पर दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो । 

दुर्घटनामा परि १५, १६ जना मजदुर घाइते भएकाे मुस्ताङका डीएसपी महेन्द्र खड्काले जानकारी दिनुभयाे । अहिले केही घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइँदै छ ।

त्यस्तै घाइतेहरुको उद्दारका लागि काठमाडौंबाट एयर डाइनेस्टी तथा पोखराबाट नेपाली सेनाको हेलिकप्टर मुस्ताङका लागि उडिसकेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।  घटनाकाे विस्तृत विवरण अाइनसकेकाे प्रजिअ पाैडेलले जानकारी दिनुभयाे ।

तस्बिर - मुस्ताङ अावाजकाे फेसबुक पेजबाट
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया